तरुल उत्पादन कमी हुँदा मूल्य आकाशियो
काठमाडाैं | पुस ३०, २०७९
फाइल तस्बिर
ताप्लेजुङ: ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो ।
स्थानीय व्यापारी तथा तरुल उत्पादक किसानले मकर सङ्क्रान्तिको समयमा आफूखुसी तरुलजन्य वस्तुको मूल्य बढाएका हुन् । पुस महिना यता तरुल बजारमा निस्कन थालेको हो । तरुल निस्कन थाल्दाको मूल्यभन्दा मकर सङ्क्रान्तिमा दोब्बरले मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।
सदरमुकाम फुङ्लिङ बजारका तरकारी तथा फलपूmल पसल र यहाँ लाग्ने हाटमा तरुलजन्य वस्तुको मूल्य वृद्धि गरिएको उपभोक्ताले बताएका छन् ।
मकर सङ्क्रान्तिको एकदिन अघि फुङ्लिङमा लागेको शनिबारे हाटमा महङ्गो मूल्यमा तरुलको कारोबार भएको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार शनिबारको हाटबजारमा प्रति किलोग्राम ८० रुपियाँदेखि दुईसय रुपियाँसम्ममा तरुल खरिदबिक्री भएको छ ।
यसअघि प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ पर्ने तरुलको मूल्य ८० देखि एक सय रुपियाँसम्ममा खरिद बिक्री भएको छ । त्यस्तै केही राम्रोखालको तरुल दुई सय रुपियाँसम्ममा खरिद गर्नुपरेको फुङ्लिङ नगरपालिक ा–५ स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । विगतको तुलनामा यसवर्ष तरुलको मूल्य अत्यधिक महँगिएको लिम्बूको भनाइ छ ।
हाट बजारमा बिक्री गर्न राखिएको घर तरुल, पताले तरुल, सिमले, स्कूसलगायत सबैखाले तरुल ब्यापारीले महँगो मूल्यमा बिक्री गरेका लिम्बूले बताउनुभयो । हाटमा वन तरुल प्रतिकिलोग्राम दुईदेखि दुई सय ५० रुपियाँसम्ममा बिक्री छन् । यसवर्ष मकर सङ्क्रान्तिमा तरुलको मूल्यको मूल्य अत्यधिक महँगो भएको उपभोक्ताले बताएका छन् ।
यता फुङ्लिङका स्थानीय व्यापारीले भने आफूहरुले तरुल खरिद गर्दा नै महँगोमा खरिद गर्नुपरेकाले सोहीअनुसार सीमित नाफा राख्दा मूल्य कही महँगो पर्न गएको बताउँछन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरुल महँगो मूल्य लगाएर खरिद गरी बिक्री गर्दैआएको र यसको व्यापारबाट खासै नाफा नहुने स्थानीय व्यापारीको भनाइ छ ।
हाटबजारमा तरुल बिक्री गर्न आएका किसान तथा ब्यापारीले सोचेजस्तो तरुल नै उत्पादन हुन छोडेको बताउँछन् । परिश्रम गरेअनुसार उत्पादन नभएपछि तरुलजन्य वस्तु महँगो मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । उत्पादन नभएपछि उपभोक्ताको मागअनुसार तरुल उपलब्ध गर्नसक्ने स्थिति नरहेको पनि ब्यापारीले बताएका छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

